Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

झुटो समाचार लेखेर अफवाह नफैलाउन ढकारी गाउँपालिकाको आग्रह - विज्ञप्ति सहित

झुटो समाचार लेखेर अफवाह नफैलाउन ढकारी गाउँपालिकाको आग्रह - विज्ञप्ति सहित

अछामको ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट द्वारा हस्ताक्षरित बिज्ञप्तीमा घटनाको सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न भनिएको छ ।

साउन १ गतेका दिन यस ढकारी गाउँपालिकाको कार्यालय समय भित्र ७/८ जना स्थानीय बासिन्दाको समूहले मदिरा सेवन गरि कार्यालय प्रमुख राजेन्द्र भाट लाई दादागिरी शैलिमा अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको विज्ञप्तीमा भनिएको छ । कर्मचारीलाई हातपात समेत गर्न खोजेकाले गाउँपालिकाका कर्मचारी घटना स्थलबाट भागेर आफ्नो ज्यानको सुरक्षा गरेको र पुराना ३/४ बर्ष अगाडि निर्माण गरिएका योजनाको रकम भुक्तानी नदिएको भनी गाउँपालिका कार्यालयमा तालाबन्दी गरि कर्मचारी हरुलाइ असहज वातावरण शृजना गरेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त क्रियाकलापलाई लिएर विभिन्न सन्चार माध्यमहरुले गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिच झगडा सृजना भएको भनी गलत प्रचारबाजि गरेको हुँदा उक्त समाचार झुटो भएकोले सम्बन्धित सञ्चार माध्यमहरुले वास्तविक तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । अबउपरान्त यस्ता गलत र भ्रामक समाचार नलेख्न आग्रह गर्दै सम्बन्धित समाचार प्रति गाउँपालिकाको आपत्ति रहेको व्यहोरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया