Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमित भएपछि आज सार्वजनिक गरिने

एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमित भएपछि आज सार्वजनिक गरिने

नेकपा एमालेको कार्यदलले पार्टीको आन्तरिक विवाद समाधान गर्दै सहमतिको खाका कोरेको दावी गरिएको छ ।

हिजोको बैठकमा सहमति जुटेको र आज शिर्ष तहमा छलफल भएपछि उक्त सहमति सार्वजनिक गरिने कर्यादलका नेताहरुले बताएका छन्।

तर मुख्य विवादमा के कस्तो सहमति जुटाइयो भन्नेबारे नेताहरुले खुलाएका छैनन् । कार्यदलको बैठक आज पनि बस्दै छ ।

हदरबारस्थित र्अथ मन्त्रालयमा आज बिहान बस्ने बैठकले सबै विषयमा सहमति जटाउने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकसमेत रहनुभएका नेता नेम्वाङले विवाद टुंगिए बराबर भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै, कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका नेता भीम रावलले पनि आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताउनुभएको छ ।

एमाले कार्यदलले अदालतमा विचाराधिन विषयमा मौन बस्दै सहमतिको खाका कोरेको बताईएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसमबनधी मुद्दामा भोलि फैसला सुनाउने संभावना छ ।

त्यसअघि नै एमालेको आन्तरिक विवाद मिलाएर सार्वजनिक गर्ने तयारी गरिनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया