Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेका हुन् ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।

त्यही कारणका कारण उनीहरुको सांसद पद गयो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको एक नेताले दाबी गरे ।

 

प्रतिक्रिया