Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने अनुमान छ । बिहीबार आज ढुङ्गा ओसार पसार गर्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक र एक यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा चालक २४ वर्षका खकेन्द्र बोहरा र ५० वर्षका पूर्ण बहादुर ठकुल्ला रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया