Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

ढकारी गाउँपालिकामा बजेट प्रस्तुत : कृषकलाई मासिक भत्ता

ढकारी गाउँपालिकामा बजेट प्रस्तुत : कृषकलाई मासिक भत्ता

अछामका स्थानीय तहले बिहिबार आगामि आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले नयाँ नयाँ कार्यक्रम ल्याउने क्रम जनप्रतिनिधिको अन्तिम वर्षमा आइपुग्दा पनि जारी नै छ । त्यहि अनुरुप अन्य स्थानीय तहभन्दा ढकारी गाउँपालिकाले कृषकलाई राहत पुग्ने पुग्ने गरी बजेट विनियोजन गरेको छ ।

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटका अनुसार भैसीं पालक कृषकलाई मासिक १ हजार , बाख्रा पालक कृषकलाई मासिक ५ सय ,कुखुरा पालक कृषकलाई मासिक ५ सय र व्यवसायिक तरकारी कृषकलाई मासिक १ हजार भत्ता दिइने छ । त्यस्तै ग र घ वर्गका अपांगलाई वार्षिक १ हजार भत्ता दिइने भाटले बताए । ‘भत्ता दिइने कृषकका लागि कार्यविधि मार्फत निश्चित मापदण्ड बनाएर भत्ता दिइने छ । ग र घ वर्गका अपांगता भएका व्यक्ती धेरै छन् भन्ने प्रारम्भिक तथ्यांक छ ।

उनीहरुको पनि खोजी गर्छाैं । ’ उनले भने ।  उनका अनुसार उत्पादनको आधारमा पहिचान गरी मासिक भत्ता दिइने छ । योसंगै ढकारी गाउँपालिकाले ३५ करोड ४८ ८६ हजारको बजेट प्रस्तुत गरेको छ । अन्य स्थानीय तहसँगै कोरोना भाइरसको तेस्रो भेरिएन्टलाई मध्येनजर गर्दै बजेट विनियोजन गरेको भाटले बताए ।
 

प्रतिक्रिया