Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०६ चैत २०८०

किन प्रहार भयो रोनाल्डोमाथि खेल मैदानमै कोकको बोतल ?

किन प्रहार भयो रोनाल्डोमाथि खेल मैदानमै कोकको बोतल ?

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोमाथि कोकको बोतल प्रहार भएको छ । उनलाई फ्रान्सका समर्थकले कोकको बोतल प्रहार गरेका हुन् ।

फ्रान्सविरुद्ध दोस्रो गोल गरेसँगै फ्रान्सका समर्थकले रोनाल्डोमाथि कोकको बोतल, बियरसहितको ग्लास प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गए राति भएको खेलमा रोनाल्डोले पोर्चुगलको लागि दुई गोल गरेका थिए । दोस्रो हाफमा २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।

कोक बहिष्कार गर्ने उनीमाथि कोककै बोतल प्रहार भएको हो। उनले हालै युरोकपकै पत्रकार सम्मेलनमा आफ्नो टेबल अगाडिको कोकको बोतल हटाएर पानी पिउन भनेका थिए ।

सो घटनापछि कोकाकोला कम्पनीको सेयरमा गिरावट आउँदा ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो । 

प्रतिक्रिया