आलोपालो काममा व्यस्त किसान
आलोपालो गरेर धान गोड्दै मंगलसेन ५ का महिलाहरु । तस्बिर /मेनुका ढुंगाना

वर्षाको मौसम सुरु भयो । यतिबेला अछामका प्रत्येक गाउँमा किसान व्यस्त छन् । कतै रोपाइको चटारो त कतै धान र मकै गोड्ने चटारो । कोरोना भाइरसको संक्रमणका कारण भारतलगायत अन्य ठाउँमा भएका पुरुषहरु पनि गाउँमै छन् । महिला रोपारा जाने र पुरुष बाउसे काम गर्ने यहाको पुरानो चलन हो । आफ्नो खेतबारीको काम एक्लैले नभ्याउने भएपछि यहा एकअर्काकोमा अर्मपर्ममा जाने चलन पनि पुरानो नै हो ।

गोडमेल, रोपाइ र अन्य कामको मौसमका भएको बेला यहा“का महिला र पुरुष खेतबारीमा व्यस्त देखिन्छन् । । ‘पहिले देखि नै हामीले आलोपालो  काम गर्ने गरेका छौं । आज एकको भाली अर्कोको काम गर्छाैं ’ मंगलसेन –५ कि धौली नगार्जीले विकले भनिन् ,‘ पहिले जस्तो आलोपालो काम अहिले कम भएको छ । अहिलेको पुस्ताले खेतबारीको काम गर्न चाहन्न् ।  ।’ पुस्ता परिवर्तन संगै  काम गर्ने शैली बदलिए पनि पहिलेका पुस्ताले मिलिजुली काम गर्ने गरेको उनको भनाइ छ ।

‘बिहानै उठ्छौं । जसको काम बा“कि छ उतै सबै जना उतै काम गर्न जान्छौं । कहिले धान कहिले , कहिले कोदो गोड्ने काममै गर्छौं’ मंगलसैन कै रुप्सि विकले भनिन् ,‘काम पनि हुन्छ । सुख , दुःखका कुरा हुन्छन् । यो चलन जोगाइ राख्न मुस्किल छ ।’ दैनिक ज्याला दिएर काम गर्ने आर्थिक अवस्था नभएपछि महिलाहरु नै समूहमा आबद्ध हुनु परेको रुप्सिले बताइन् । ‘एक दिन काम गर्न बोलाए चारसय सम्म ज्याला दिनुपर्छ । हामी सबैको आर्थिक अवस्था एउटै भएकाले समूहमा काम गर्छौ ।’ उनले भनिन् ।

कतिपय ठाउ“महिलाहरु समूहमा आबद्ध भएर विभिन्न खालका अभियान गर्न थालेपछि घरको काममा पनि एकअर्कालाई सहयोग गर्ने भावना पैदा भएको मंगलसेन ५ जमुना ढुंगाना बताउछिन् । ‘पैसा बचत गर्ने , विकृतिका विरुद बोल्न थालेपछि सामूहिक काम गर्न थालेका हौं । पहिले यस्तै चलन थियो । बिचमा हरायो । हामीले फेरी यसलाई निरन्तरता दिएका छौं ’ उनले भनिन् । उनका अनुसार यो क्षेत्रका अधिकांश बस्तीहरु रित्तिन थालेका छन् । बसाइ सरेर तराइतिर झर्नेको संंख्या दिनप्रतिदिन बढ्दैछ । पहिले–पहिले उब्जनी हुने फँ“टसमेत अहिले बा“झै हुन थालेका छन् ।

काम गर्ने जनशक्तिको ठाउँठाउँमा अभाव छ । बस्तुभाउ पाल्ने र घाँस  काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ । ‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउ “फर्कंदैन,’ मंगलसेन ५ कि वडा सदस्य पारु नगार्जीले भनिन्, ‘आर्यआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म राज्यको उपस्थितिका लागि हामी लागेका छौं । बसाइ सराइ रोक्ने उपाय यही नै हो ।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् । महिलाहरुले गाउँमा चलाएका आलोपालो काम गर्ने चलनहरुलाई जोगाउन सक्यो भने पनि बसाइसराई रोक्न सकिने उनको भनाइ छ ।