Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

लापरबाहीले संक्रमण बढ्दै

लापरबाहीले संक्रमण बढ्दै

पंचदेवल बिनायक नगरपालिका ३ का ५२ वर्षीय पुरुषले २१ गते कमलबजार आरटि पिसिआर प्रयोगशालामा कोरोना परिक्षणको लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भएको थियो । रिर्पोट नआउदै उनको २२ गते मृत्यु भयो । आइतबार ३२ गते मात्रै रिर्पोट आयो । उनलाई गाउ“मा ठूलो भिडभाड गरेर अन्तिम दाहसंस्कार गरियो । समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नभएको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमण भएका हंका भएको मान्छेको मृत्यु हुदा पनि मान्छे डराएको देखिएन ’ उनले भने ,‘ पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयम् व्यक्तिले नै लापरबाही बढेको छ ।’ परिक्षणको दायरा बढाउनुको साटो घटेको उनले बताए । समुदायमा परिक्षण गर्न जादा पनि लक्षण देखिएकाहरुले स्वाब दिन नमानेको उनले बताए ।‘

कमलबजार नगरपालिका ४ को चाल्सामा परिक्षणका लागि जादा कसैले पनि स्वाब दिन मानेनन् । उनीहरुलाई सचेत गराउन सबैले लागे मात्रै समुदायमा संक्रमण दर घट्न सक्छ ।’ उनका अनुसार बयालामा २० जनाको परिक्षण गर्दा १३ जना पोजेटिभ देखिएका छन् । ‘ अहिले पनि नेगेटिभ भन्दा पोजेटिभ आउने दर बढेको छ । परिक्षणको दायारा बढाउनुपर्छ ।’

उनका अनुसार अछाममा निषेधज्ञा लागु भएको एक महिना बितिसक्दापनि समुदायमा कोरोना भाइरसको संक्रमण दर घटेको छैन । गाउँमा भएका संक्रमितहरु सामूहिक काममा जाने , एकान्तवासमा नबस्ने र लक्षण देखिएका व्यक्तिले परिक्षण नगर्ने जस्ता कारणले समुदायमा संक्रमण बढेको हो । कोरोना  संक्रमण देखिएका व्यक्तिहरु खुलेआम हिड्न थालेपछि गाउ“ नै जोखिममा रहेको कमलबजार नगरपालिका ३ बयालाका योगेश ढकालले बताए । कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति र तिदनका घरका सदस्यले गरेको लापरबाहिले सोच्न बाध्य बनाएको छ । २०/२५ जना महिलाहरु रोपाई गर्न जान्छन् । त्यहि भिडमा कोरोना संक्रमितहरु पनि छन्’ उनले भने ,‘ बयालामा परिक्षण गराएका ८० प्रतिशतमा संक्रमण देखिएको छ । यस्तो बेला पनि गम्भिर लापरबाहि देखिएको छ ।’ स्थानीय तहले संक्रमितको अवस्थाबारे जानकारी नलिने , वास्ता नगर्ने गरेका कारण लापरबाही बढेको ढकाल बताउछन् ।  

संक्रमितहरुको लापरबाहिको कारण समुदायमा संक्रमित बढेको कमलबजार नगरपालिका ७ जामाका महेश जैशीले बताए । ‘ भारतबाट आउदा पनि होम क्वारेन्टाइन बसेनन् । परिवारसंग घुलमिल बसे । अहिले संक्रमित हुदा पनि सचेत भएको देखिदैन’ उनले भने ,‘ लक्षण नदेखिएका संक्रमितहरु कोरोना केहि पनि होइन भन्दै  घुम्छन् । लक्षण देखिएकाहरु पनि लापरबाही गरिरहेका छन् ।’ गोडमेल र रोपाइको सिजन चलिरहेको बेला सामुहिक काम गर्न जाने भएकाले समुदायमा संक्रमणको दर बढ्न सक्ने उनको भनाइ छ । ‘गाउँमा सामुहिक काम हुन्छन् । रोपाई गर्दा पनि ३०/३५ जना जम्मा हुन्छन् । यो बेला झन् संक्रमणको डर देखिएको छ’ उनले भने ,‘ प्रशासनले निषेधज्ञा गरेको छ । तर स्थानीयले नै उलघंन गरिरहेका छन् । बजारमा मात्रै निषेधज्ञा देखिन्छ ।’ 
 

प्रतिक्रिया