गरिबि, बम्बई  बाला, बिकास र हेर्ने दृष्टिकोण

हरेक मानव जबसम्म गर्वा अवस्थामा हुन्छ,उ निस्चित ठाउँमा रहन्छ,जब गर्वबाट निस्कन्छ बढदो समय अनुसार उसका हजारौं आवश्यकता हुन्छन,अनि "गास,वास,कपास, शिक्षा, स्वास्थ्य, रोजगार" को खोजि हुन्छ, तिनै आवश्यकता परिपूर्ति गर्न दिनै पिच्छे एक एक कदम चाल्न पर्ने जरुरी हुन्छ ।

हुनत,सुन्दर शान्त निर्धक्क आमाको पेटमा बसेको शिसु अवस्थामा बसि राख्नुको भन्दा ठूलो आनन्द र शुख शान्ति त दुनियाँमा कहि कतै छैन होला पाइदैन, हुदैन पनि ! तर प्राकृतिक नियम,अनुसार शारीरिक बनावटको हिसाबले बढ्दै जानु र आमाको गर्वासय ले धान्न नसक्नु कै कारण,गर्वबाट यो लोभि पापि, कष्टकर दुनियाँमा आउन बाध्य भइन्छ,र नयाँ दुनिया को जिम्मेवार बन्न पर्छ ।

प्रसंग गरिबि अवस्था र सुन्दर घर परिवार जनम भुमि छोडने बिषय लाइ जोड्न खोजिएको छ । गर्वासयको बच्चा र आफ्नो जन्मभुमी भित्र बसेको नागरिक उस्तै उस्तै हो भन्ने लाग्छ,पिडा त सबैलाई होला पिडा भएपनी आमाको ममताको आनन्द मा हुने संघर्ष,पिडा र नौ डाँडा पारिको पिडा आकास पाताल को फरक हुन्छ,के गर्नु गरिब देशको माटोमा जन्मेपछि गरिविको कारण आमाको ममता "डाँडाको रुख र खोलिको माछा हुन पर्दो रहेछ" हुनत नेपाल देश गरिव हैन, सामन्ती प्रथा र सामन्तवादी पुँजिवादी व्यवस्था ले जनतालाई गरिब बनाइएको हो, जहाँ ब्यक्ति धनि छ, देश खोक्रो र नागरिक असाहय बनेका छन ! म पनि तेसै देशको दुखि नागरिक हुँ, जहाँ जमिन छ हक छैन ! जहाँ सम्भाव्यता छ सम्भव छैन, समान छ- समान्ता छैन ! जहाँ लगनशिलता छ लगानि कर्ता छैन ! जहाँ उत्पादन छ बजारिकरण छैन ! अनि राष्ट्र कसरि समृद्ध होस । तेसैले त हामि र हाम्रो देश गरिब बनेको छ ।

कुनैबेला हातमा ठेला र पिठ्युँमा छाला निकाल्दै भारि बोकेर पनि बिहान बेलुकी को छाक टार्ने समय थियो र पूर्खाहरुले ति कष्टकर दैनिकी हरुपनि नकटाएका हैनन कटाए । समय र चेतनाले पाठ सिकाउँदै जाँदा दुइकदम टाढा गएर दुइ चार पैसा कमाइ छोरा छोरीको पेट पाल्न,श्रिमति आमा बुवा लाइ धोति टोपी को निम्ति जोहो गर्न परानिको आश नगरि नौ डाँडा कटाएर प्रदेश आउने बाध्यता आएको कुरा सबैलाई थाहा छ । जे होस हजारौं पिडा भोग्नु परेपनि दिनभरि काम गरि एक छाक खानमा श्रमशोषण गर्ने सामन्ती हरु कहाँ बिताउने दिनहरु भन्दा त दिनभर कामगरि एक हप्ताको जोहो गर्न सक्ने भारतको बिभिन्न ठाउँ लगायत खासगरि गरिबको लागि बर्दान बनेको मुम्बई सहरमा आउन सिकाउने ति दुरदर्शी पूर्खाहरु प्रति उच्च सम्मान ब्यक्त गर्दछु । खाने माना थिएन,लाउने लुगा थिएन,पढने पैसा थिएन,भात खाने खेत थिएन, जोत्ने गोरु थिएन, दुहुनो भैशि थिएन सामाजिक सम्मान थिएन, आँखा हुँदा हुँदै अन्धो,कान हुँदाहुँदै बहिरो, हातखुट्टा हुँदा हुँदै अपाङ्ग,बनेर आफ्नो जन्मभुमिमा बस्दाको पिडा कति थियो होला ?  के यो घर छोडेर प्रदेश मा आउनु गरिविको बाध्यता नभएर रहर हो त ?

बम्बई  बाला

सर्वप्रथम त बिश्वको जुनसुकै कुनामा बसेपनि नेपाली माटोमा जन्मेको त्यो नेपाली आमाको सन्तान नेपाली नै हो,नेपाली नै रहन्छ, पुरानो चलन चल्ती को हिसावले बोलिने बोलि भाषा अनुसार, (सामान) हाट लिन जानेलाई हटेरु,एक गाउँ बाट अर्को गाउँ जानेलाई गमारे,रोप्न जानेलाई रोपाहा, लगायत बिभिन्न नामाकरण दिइन्थ्यो, तेस्तै आफ्नो घरपरिवार को शिक्षा स्वास्थ्य गास बास कपास लगायतको व्यवस्थापन गर्न भारतको बम्बई सहरमा आउने नेपाली हरुलाई बम्बईबाला भन्ने चलन छ, हरेक नेपालीले बम्बईबाला भन्ने त राम्रो सम्म बुझे,चिने बडा रमाइलो तरिकाले बम्बईबाला पनि भन्छन ! तर बम्बईबालाको संघर्ष र राष्ट्र निर्माण मा गरेको योगदान र पुगेको टेवा भने कहिल्यै बुझेनन र बुझाइएन पनि । 

को हुन त बम्बईबाला ?

राष्ट्र राष्ट्रियता र समग्र बिकासमा जस्ले जिबन पसिनामा बगाएका छन,तिनै हुन बम्बईबाला ! जस्ले आमा बुवा र श्रीमती छोराछोरी लाई टुहुरो झै बनाएर खाइ नपाइ संघर्ष गरि रहेका छन,जस्ले आफ्ना हजारौं चाहाना मारेर शिक्षाको क्षेत्रमा बिकास गरेका छन्, स्वास्थ्य क्षेत्रमा बिकास गरेका छन्, कृषि क्षेत्रमा बिकास गरेका छन, आफु गरिब रहेर धनिहरु लाइ झन धनि बनाएका छन,धर्म संस्कृति को सम्मान गरेका छन, मेहनत र इमान्दारिता को पाठ सिकाएका छन, जस्ले शिक्षक उत्पादन गरेका छन, डक्टर उत्पादन गरेका छन, इन्जिनियर उत्पादन गरेका छन, प्राविधिक शिक्षा को बिकास गरेका छन, झुपडि को बस्ति महल मा परिणत गरेका छन्, ब्यापार क्षेत्रमा टेवा पुर्याएको छन, तिनै ब्यक्ति हुन मुम्बई वाला ! बिकासका मुलहरु हुन बम्बईबाला ! तर कहिल्यै हुदैन गरिबको योगदान को कदर !

के आज यि राष्ट्रभक्त नागरिक ले मुम्बईमा पसिना बगाएर नेपालमा लगानी नगरेको भए हामिले सोचे जस्तै र देखे जस्तै अहिले को परिस्थिति अनुसार को बिकास सम्भव थियो त ? यो कुनै हालतमा सम्भव थिएन, तसर्थ सबैलाइ हेक्का रहोस पुरै त नभनौं केहि हद भन्दा बढि बम्बईबालाको को कृपाले धेरै को गुजारा भएको छ, तेसैमा पनि मध्यपश्चिम र सुदूरपश्चिम को हरेक बिकासमा  ७५% प्रतिशत  बम्बईबालाको कृपा हो यो सबैले बुझ्न जरुरी छ ।

दृष्टिकोण

हुनत श्रावणमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्छन,त्यो पनि होला कुनै जमानामा नपढेका पढ्न लेख्न नजान्ने, लाटा सोझा धेरै कुरामा साधारण मानिने तर बहादुर हिम्मतवाला हाम्रा पूर्खा हरु ज्याला मजदुरी गर्दै र बिल्डिङ मा (वाचमिनि) सुरक्षा गार्डको काम गर्दै रात दिन कटाउने गर्थे हरे, त्यो बेलाका बम्बईबालालाई  देखेकाहरुले, आजका बम्बईबालाहरुलाइ पनि बम्बईमा जाने बस्ने मान्छे सबै तेस्तै हुन भन्ने नजरले हेर्ने चलन छ, तर त्यो हो भने भ्रममा हुनुहुन्छ ।

धेरै हैन केहि दाजुभाई वाचमिन छन होला,गाडि धुन्छन होला त्यो पनि इजतदार र इमान्दार भएर गर्छन,अनि नेपालको ठुलो अधिकृत ले खाने तलब भन्दा बढि तलब खान्छन,र त्यो भन्दा मजाको जिवनशैली का साथ पनि हिडछन,यहाँ घर र बिल्डिङ मा काम गर्ने मात्र हैनन, डक्टर छन, इन्जिनियर छन, ठुल-ठुला अफिसर छन, यहाँका स्थानिय दलमा राजनितिक नेता छन, काम गर्ने मात्र हैन,काम गराउने ठुला ठुला बिज्नेस म्यान (ब्यापारि मान्छे) छन, केहि केहि नेपाली कम्पनीका मालिक छन, तसर्थ भारतको बिभिन्न सहरहरुमा बस्ने काम गर्ने नेपालीहरुलाई जुन दृष्टिले हेरिन्छ त्यो बदलिन जरुरी छ ।

हुनत भारत भन्दा बाहेक अरु देशमा जाने सबै नेपाली सुखि छन भन्ने छैन, खाडिमा जाने गरिबका छोराछोरी पनि उत्तिकै पिडामा छन,तर पनि भारत भन्दा विश्वका अरु देशमा काम गर्न गएका नेपाली दाजुभाई दिदी बहिनी र भारतमा काम गर्ने नेपाली दाजुभाई दिदी बहिनी लाइ जुन दृष्टिले हेरिन्छ जुन ब्यवहार गरिन्छ त्यो धेरै फरक छ, स्कुल बनाउदा चन्दा, मन्दिर बनाउँदा चन्दा, पार्टी लाइ चन्दा, बिरामी पर्दा लगायत बिभिन्न कुरामा चन्दा माग्दा प्रवासि नेपालीको याद आउने, निर्वाचन का बेला आफ्नो फाइदाका लागि गाडि बुकिङ गर्छु भनेर बोलाउने प्रवासीहरु समस्यामा पर्दा फर्कि नहेर्ने नेपालका राजनितिक दल र राज्यको बिभिन्न निकायले पनि ठुलो मुल्य चुकाउनु पर्ला एदि प्रवासी नेपालीलाई ब्यवस्था गरे भन्ने हामिले महसुस गरेका छौं,र हेरेका छौं,अहिले विश्वलाई त्रसित बनाएको महामारी विपतका बेला अन्य देशका नेपाली नागरिक लाई, होटल बुकिङ सहित उद्दार गरियो, तर भारतको बिभिन्न सहर लगायत मुम्बई बाट फिर्ता हुने नेपाली लाई आफ्नो खर्चबाट घर फर्कंदा पनि सिमा पार गर्न दिइएन, महिनौ दिन कष्टकर जिबन बिताउन बाध्य बनायो ।

महामारीको दोश्रो लहर चलेको बेला व्यवस्थापन गरेर आफ्ना नागरिक भित्रयाउन को साँटो झन प्रवेश निषेध गरिएको थियो, के भारतमा बस्ने नेपालीहरुलाई बाँच्ने अधिकार छैन, के उनले पशिनाले बनाएको घरमा बस्न पाउने अधिकार थिएन, यो कुरा प्रष्ट बुझ्न जरुरी छ, कामको सिलसिलामा भारतको बिभिन्न सहरमा काम गर्ने, नेपालीहरुलाई राष्ट्र को अर्थ-व्यवस्था मजबुत संगै सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक बिकासमा महत्वपूर्ण योगदान पुर्याउने जिम्मेवार नागरिकको हिसाबले हेरिनुपर्छ र बम्बईबाला बम्बईबाला मात्र नभई, देशको अर्थव्यवस्था मजबुत बनाउने राष्ट्रप्रेमी नागरिक हुन भन्ने बुझाइ होस धन्यवाद ।