Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम सरोकार मंचले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज बिहान अछाम सरोकार मंचका सचिव खेमराज ढुंगाना ले जिल्ला अस्पतालका मंगलसेनका प्रमुख एमडिजिपि डा. सोनाली बास्कोटालाई सर्जिकल माक्स २५०० पिस, ५०० एम. एल. ह्यान्ड सेनिटाईजर ५ पिस पिपिई सेट ८ पिस लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अछाम सरोकार मंचका सचिव खेमराज ढुंगानाले बताउनु भयो । 

केहि दिन अघी मात्र सामाजिक संजाल मार्फत गैरराजनितिक सोचका साथ जुटेको समूह अछाम सरोकर मंचले आगामी दिनमा पनि अछाममा यस्तै सहयोगी क्रियाकलाप गरिरहने अछाम सरोकार मंचका सदस्य सेत बहादुर भुलले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रम मा अछाम सरोकार मंचका रुपक चन्द, जिल्ला अस्पताल अछामका डा अतुल भरत्वाज, जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगर लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया