Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

बेरोजगार व्यक्तिको सूचीकरण गर्दै सरकार, निवेदन दिन एक महिनाको समय

बेरोजगार व्यक्तिको सूचीकरण गर्दै सरकार, निवेदन दिन एक महिनाको समय

काठमाण्डौ – सरकारले बेरोजगार व्यक्तिलाई सूचीकृत हुनका लागि एक महिनाको समय दिएको छ ।

बेरोजगार व्यक्तिले आफ्नो विवरणसहित सम्बन्धित वडामा साउन ८ गतेदेखि भदौ ७ गतेसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले बेरोजगार व्यक्तिको सूचीकरण गएको चैत १ गतेदेखि गर्ने भनिए पनि कोरोनाको कारण प्रभावित भएपछि अहिले एक महिनाको समय दिएर सूचीकृत हुन भनेको हो ।

सबै पालिका र नगरपालिकालाई बेरोजगार व्यक्तिको विवरण संकलन गरेर बेरोजगार व्यक्तिको सूचीकरणको आवश्यक व्यवस्था गर्न अनुरोध गरिसकिएको मन्त्रालयले जनाएको छ । बेरोजगार व्यक्तिले आफ्नो सम्बन्धित वडामा गएर निवेदन दिन सक्नेछन् । उज्यालो अनलाईन 

प्रतिक्रिया