Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

प्रधानमन्त्रीमा पुन: नियुक्त ओलीको शपथ आज

प्रधानमन्त्रीमा पुन: नियुक्त ओलीको शपथ आज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीमा शपथ लिँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीवार पुनः संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

बहुमतीय सरकार गठनको प्रयास असफल भएपछि प्रतिनिधि सभाको ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

पदमुक्त भएको चार दिनपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति निवासमा आज २ बजे अब पद तथा गोपनीयताको शपथपछि कार्यभार ओलीले सम्हाल्ने छन्।

जनता समाजवादी पार्टीको विवादका कारण वैकल्पिक गठबन्धन बनाउन कांग्रेस तथा माओवादी केन्द्रको प्रयास असफल भएको थियो।

राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत गर्न नसकेपछि सरकारमा ओली नै दोहोरिएका हुन्।

प्रतिक्रिया