Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

एमाले विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

एमाले विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधावकुरमा नेपाल र झलनाथ खनाल पक्षबीचको विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेको नेता गोकर्ण विष्टले जानकारी दिए ।

उनले भने, ‘विवाद समाधानका लागि ९ सयदस्यीय कार्यदल गठन भएको छ, कार्यदलमा पछि दुई जना थप्ने  सहमति भएको छ ।’

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको ओली र नेता नेपालबीच भएको भेटपछि कार्यदल गठन गरी विवाद समाधान गर्ने सहमति भएको थियो ।

एमालेभित्रको विवाद उत्कर्षमा पुगेपछि खनाल–नेपाल समूह राजनीमा दिने स्थितिमा पुगेका थिए । तर, ओलीसँगको छलफलपछि राजीनामा टरेको हो।

ओलीसँगको भेटपछि नेता नेपाल भने, ‘राजीनामा दिने कुरा आज भएन । अब सहमतिको आधारमा टुंगो लाग्छ ।’

अध्यक्ष ओलीसँगको छलफलका क्रममा नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि गरेका सबै निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए । उनले भने, ‘मिल्ने दिशामा अघि बढ्न खोजेका छौं । सबै कुराहरु आगामी बैठकपछि टुंगो लाग्छ ।’

प्रतिक्रिया