Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

उद्योग वाणिज्य संघ अछामद्वारा बजार अनुगमन

उद्योग वाणिज्य संघ अछामद्वारा बजार अनुगमन

उद्योग वाणिज्य संघ अछामले अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर को हाटबजार अनुगमन गरेको छ । व्यापारिहरुले दैनिक उपभोग्यका सामानहरुमा आफू खुशी मुल्य बढाउने र अत्यावश्यक सामानको भण्डारण गरेको गुनासो आएपछि उद्योग वाणिज्य संघ अछामले बजार अनुगमन गरेको हो ।

उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्रबहादुर कडायतले हाम्रो बुलेटिनलाई दिएको जानकारी अनुसार कोरोना महामारिको प्रकोपलाई रोक्न जिल्ला प्रशासन कार्यालय अछामले गत आईतबार राति १२ बजेदेखि निषेधाज्ञा जारि गर्ने कुरा बैशाख १६ गते नै सूचना ना जारि गरेको थियो । प्रशासनले नागरिकको सहजताका लागि अग्रिम सूचना जारि गरेको र त्यसको प्रत्यक्ष लाभ लिने हेतुले केहि सिमित व्यापरिहरुले मनमानि तरिकाले मुल्य बढाएको आकलन छ ।

अनुगमनमा साँफेबगर नगरपालिका ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, ईलाका प्रहरि कार्यालय साँफेबगरका ईन्चार्ज प्रहरि निरिक्षक सुरेन्द्र जोशी , जिल्ला ट्राफिक कार्यालय साँफेबगरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बिर बहादुर बिष्ट ,उद्योग वाणिज्य संघ अछामका सचिव कृष्ण बहादुर कुँवर, उद्योग वाणिज्य संघ अछामका सदस्य नृप बहादुर कुँवर, भिम बहादुर कुँवर, पत्रकार गिताँ कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया