बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा हुँदै
काठमाडौं - कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज (सोमबार) बाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।
यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।
यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज (सोमबार) बाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।
यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।
यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
-
पशुपति आर्यघाटमा बाबुको दाहसंस्कार गरी घर फर्किएका छोरा त्रिशुलीमा हराए
प्रतिक्रिया