Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

राजधानीका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

राजधानीका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ – राजधानीका तीनवटै सीडीओ कार्यालयले सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् ।

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने भएपछि बैशाख २० गतेसम्म सबै सेवा स्थगित गरेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनबाट स्थगित भएका नागरिकता वितरण,प्रतिलिपि,नबालक परिचयपत्र,राहदानी वितरण तथा सिफारिस,हातहतियार दर्ता नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता लगायतका काम छन् ।

अत्यावश्यक सेवाअन्तर्गत शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसमात्र जिल्ला प्रशासनबाट प्रवाह हुनेछन् ।

प्रतिक्रिया