Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

सीसीएमसीको बैठक बस्दै, लकडाउनका विषयमा सिफारिस गर्न सक्ने

सीसीएमसीको बैठक बस्दै, लकडाउनका विषयमा सिफारिस गर्न सक्ने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेपछि आज कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक बोलाइएको छ । बैठक अहिले ३ बजे बस्दैछ । 

हिजो प्रधानमन्त्रीसँगको छलफलमा सीसीएमसीका अधिकारीहरुले कोरोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका थिए ।

सहरी क्षेत्रमा भिडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सीसीएमसीले सुझाव दिएको थियो । 

प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया