Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

इराकमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गयो

इराकमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गयो

एजेन्सी- इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ ।

घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न  निर्देशन दिनुभएको छ ।
 

प्रतिक्रिया