Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०६ चैत २०८०

नेपाललद्धारा नेदरल्यान्ड्सलाई २३९ रनको कीर्तिमानी लक्ष्य

नेपाललद्धारा नेदरल्यान्ड्सलाई २३९  रनको कीर्तिमानी लक्ष्य

काठमाडौं -  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ३९ रनको लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो ।

टी९ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो ।

यस अघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।

नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।

दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।

कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।

कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।

प्रतिक्रिया