Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

सुदूरपश्चिममा भारु नोट नसाटिँदा भारतबाट फर्केका हजारौँ सुदूरपश्चिमेली समस्यामा

सुदूरपश्चिममा भारु नोट नसाटिँदा भारतबाट फर्केका हजारौँ सुदूरपश्चिमेली समस्यामा

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए।

सीमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सयदेखि २ हजार सम्मका नोटका गड्डी लिएर घर आइपुगेका थिए। अहिले स्थानीय बजारमा व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन्, उनले पीडा पोख्दै भने, ‘घर व्यवहार चलाउन पनि गाह्रो भएको छ ।' भारतबाट तीन महिनाअघि घर फर्किएका डोटीका कर्ण भट्ट पनि भारु नोट नचल्दा आर्थिक कारोबारबाटै वञ्चित भए।

वर्षभरि भारतमा काम मजदुरी गरेर ल्याएको डेढ लाख बढी भारु सटही गर्न नपाएपछि घरमै थन्काएर राख्नुपरेको भट्टले दुखेसो पोखे। ‘व्यापारीहरुले भारु ५ सयभन्दा बढीका नोटको कारोबार गर्न मानेका छैनन्।’ भारतले पहेलेजस्तै मुद्रा नै परिवर्तन गर्ने पो हो कि भन्ने पिरलो छ उनलाई। 

भारुको कारोबार रोकिँदा पीडित यी दुई प्रतिनिधि पात्र मात्र हुन्। यो घटनाका कारण भारतमा मजदुरी गरेर लकडाउनमा घर फर्किएका थुप्रै नेपाली मारमा परेका छन्।

प्रतिक्रिया