Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायो

आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायो

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारको पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नौ विकेटले हरायो ।

पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टोले अविजित ६३ रन बनाए  ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम योगफलमै रोक्न हैदराबादका खलील अहमदले तीन र अभिषेक शर्माले एक विकेट लिए । यो जितसँगै हैदरावाद अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको भने पञ्जाब पुछारमा झरेको छ ।

आईपीएलमै अहिले कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।  

 

प्रतिक्रिया