Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

बिसु र चैतेदसैंको रौनक एकैसाथ

बिसु र चैतेदसैंको रौनक एकैसाथ

अछाम - अछाममा नयाँ वर्ष चैते दसैंको रौनक एकसाथ छाएको छ । संयोगले नयाँ वर्षपछी चैते दसैं परेकाले दुवै पर्वको रौनकता एकसाथ छाएको हो । 

नयाँ वर्षको दिन देवर –भाउजु , नन्द– भाउजु , साली –भिनाजुले एक आपसमा सिस्नु चिलाएर शुभकामना दिन्छन् भने पुतला खेलेर पनि नयाँ वर्ष मनाउने चलन छ ।  भारत गएकाहरु गाउँ फर्किएका छन् । गाउँका सार्वजनिक स्थलमा पुतला खेलले रौनकता छाएको छ ।

विषेशगरी विषुमा सेलरोटी, मासको फाँडो, भात, मासको बटुक, फाउने माडा बिसुमा पकाइने मुख्य परिकार भएको मंगलसेन– ५ कि झुमा भाटले बताइन् । ‘विवाह गरेका छोरी, नन्दहरु माइतिघरमा आउने , रमाइलो गर्ने चलन छ ।’  उनले भनिन् , देवर –भाउजु , नन्द– भाउजु , साली –भिनाजुले एक आपसमा सिस्नु चिलाएर रमाइलो गर्छन् । यो चलन जिल्लाभर नै छ ।’ वर्षको सुरुवतमा रमाइलो गर्ने , मिठो परिकार बनाएर खुवाउँदा सामाजिक एकता , सद्भाव कायम हुने र वर्षभरी सुख, शान्ति र समृद्धि आउने विश्वास रहेको स्थानीय बताउछन् ।

‘नयाँ वर्षका रूपमा मनाइने यो पर्वका दिन प्रत्येक घरमा ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाइ खाने चलन छ । यो पर्वमा ईष्ट–कूलदेवताको पूजा पनि गर्ने गरिन्छ ।’ ढकारी गाउँपालिका –७ का सिद्ध साउदले भने ,  ‘सिस्नु पानी छ्याप्दा शरीरका छालासम्बन्धी रोग निर्मूल हुने विश्वास रहेको छ । त्यसैले देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुहरु एक–आपसमा सिस्नु पानी छ्यापेर रमाइलो गर्नेगर्छन् ।’ विषु पर्वका दिन प्रत्येक घरमा दहीमा भिजाएर तयार पारिएको ‘दही–चामल’ प्रसादको रुपमा छरछिमेकमा बाँडेर खाने चलन रहेको उनले बताए ।

महिलाहरु जमघट भइ सुख दुःखका कुरा गर्ने र रमाइलो गर्ने पर्वको रुपमा पनि विषु पर्वको लिने गरेको मंगलसेन –६ कि नामसरा भण्डारीले बताइन् । ‘सधैं काममै व्यस्त हुने जेठानी– देवरानीले यो बेला फुर्सद गरेर पुत्ला नाच, देउडा नाच खेलेर बिषु मनाउछन् ।’  उनले भनिन् ,‘पुत्लामा सबैले एउटै पहिरन लगाएर बैग्लै भाका र लयका साथ छोरीका दुःख , माइतिको सम्झना र देउताका देउडा गाउने गर्छन् ।’ अहिलेका पुस्ताले रमाइलो मात्रै गर्नको लागि नया वर्ष मनाउने गरेको उनको बुझाइ छ । मौलीक संस्कृतीको महत्वबारे बुझैनै नचाहेको उनि बताउछिन् । 


घर पोत्न माटोको जोहो
 चैतै दसैं नजिकिदै गर्दा गाउँमा चहलपहल बढेको छ ।  रोजगारी र अध्ययनको सिलसिलामा घर बाहिर भएकाहरु गाउँ फर्किने क्रम पनि बढेको छ । गाउ“मा महिलाहरु रातो  कमेरो माटो  खोज्नमा व्यस्त देखिन्छन् । विषेश गरी दशैमा  पुरै घर पोत्नु पर्ने प्रचलन भएकाले घण्टौं हिंडेर माटो ल्याउने गरेको मंगलसेन – ८ सुतुडा  कि रमना खनालले बताइन् । ‘कमेरो माटो त घर छेउमै पाइन्छ । तर रातो माटो लिन ४/५ घण्टा नै हिंड्नुपर्छ ’ उनले भनिन् , जुठो भएको वर्ष पुरै घर पोत्न मिल्दैन । अशुद्ध भएको घरलाई चोख्याउन कमेरो र  रातो माटाले पोत्नुपर्छ ।’ 

सुतुडाकै लाली बोहरालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं  आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिललाहरु जम्मा भएर मंगलसेन ३ मा रहेको गाद्धेका माटो लिन जान्छन् । ‘पक्कि घर हुनेहरु चुना लगाउछन् । कच्चि घरमा रातो माटो र कमेरो नै लगाउछौं ’ उनले भनिन् ,माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ । ’  घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनु परेको बोहराले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दा“जिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’ गाउँमा पक्की घर छिटफुटमात्रै छन । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीले सुनाए । 

कुल देउता खुसी पार्न लिपपोत
घरको माथिले भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्छन् । विरपथकी नमिता शाहीले बताइन् ।

उनी  घर पोत्ने तयारीमा छन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘खानीबाट आफैं खनेर ल्याउँछौं । बजारको रंग लगाएर हामीलाई शुभ संकेत हुँदैन ।’ माटोको खानी सुरक्षित राखेपछि कतै हराउने र पुरिने गरेको उनले बताइन् । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

घरबाट पन्ध्र किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेकी छन। सरसफाइ भइसक्यो ।  ‘एक÷दुई दिनमा पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । 
 

प्रतिक्रिया