Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

नेपालमा आज थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा आज थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३७८ जनाको पीसीआर गर्दा ४९६ र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामध्य सबैभन्दा बढि काठमाडौँमा १५९ जना, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको कुल संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् ।

नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।

प्रतिक्रिया