Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

एमाले फुट्न नदिन कार्यकर्ताले दबाब बढाऔँ : वामदेव गौतम

एमाले फुट्न नदिन कार्यकर्ताले दबाब बढाऔँ : वामदेव गौतम

काठमाडौं - नेकपा (एमाले)का नेता वामदेव गौतमले पार्टी आन्दोलनलाई विभक्त हुन नदिन कार्यकर्ताको दबाब अपुग भएको निष्कर्ष निकालेका छन् ।

एकता अभियानसँग आबद्ध नेता–कार्यकर्ताहरूसँग शनिबार गरेको भेटघाट, छलफलमा एमालेका निवर्तमान उपाध्यक्षसमेत रहेका गौतमले यस्तो बताएका छन् ।

“एकताबद्ध एमाले नै आजको आवश्यकता हो । नेतृत्व तहमा विवाद, विमति बढेका बेला जनस्तर (कार्यकर्ता तहबाट) एकताको पहल हुनुपर्छ,” गौतमको भनाइ उद्धृत गर्दै अभियानका नेता बाबुराम थापाले  भने, “त्यसका लागि एकता अभियानलाई अझ प्रभावकारी, सशक्त बनाउन जरुरी छ ।”

पार्टी अन्तरसंघर्ष चुलिएका बेला सक्रिय देखिएका गौतम अहिले कतै खुलेका छैनन् । नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणको अभियान चलाइरहँदा गौतम अलग्गै अभियान लिएर आधारभूत तहसम्म जाने निचोडमा पुगेका छन् । यसले पार्टी आन्दोलनको रक्षा गर्ने वामदेवको बुझाइ रहेको थापा बताउँछन् ।

गौतमले गएको माघ १४ गते अभियानको घोषणा गरेका थिए । त्यति बेला नेकपाको विवाद उत्कर्षमा थियो । फागुन २३ गतेको फैसलापछि एमाले एकताबद्ध रहोस् भनेर अभियान जारी राखिएको र ३१ बढी जिल्लामा विस्तार भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया