Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

ओली सरकारलाई अब धेरै दिन राख्दैनौँ : बाबुराम भट्टराई

ओली सरकारलाई अब धेरै दिन राख्दैनौँ : बाबुराम भट्टराई

काठमाडौं -  जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औपचारिक छलफल शुरु भएको बताउनुभयो । उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बाद गरेर मात्र निष्कर्ष निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति दिलाउन जिम्मेवारी पूर्ण ढङगले काम गर्ने पनि बताउनुभयो । ओली सरकारलाई छिट्टै विदाई गर्ने तयारी भइरहेको पनि उहाँको जिकिर थियो ।

जनता समाजवादी पार्टीमा दुर्ई धार नभएको तर दुई विषय हुँदा आम जनता भ्रममा परेको पनि भट्टराईको दावी थियो ।

प्रतिक्रिया