Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

६ वर्षपछि गणना : देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

६ वर्षपछि गणना : देशभरका निकुञ्जमा १ सय ७ गैँडा थपिए

काठमाडौ - देशभरको विभिन्न राष्ट्रिय निकुञ्ज तथा आसपासका वनमा ६ वर्षपछि गैँडाको संख्या बढेको छ। १ सय ७ सहित र १६।६ प्रतिशतले गैँडा बढेको हो। देशभरको वनमा अब कुल गैँडाको संख्या ७ सय ५२ वटा पुगेको छ। गत वर्ष कोभिड महामारी सुरु भएपछि गणना रोकिएको थियो। हरेक पाँच(पाँच वर्षमा गणना हुने गरेको छ। २०१५ मा गरिएको गणना अनुसार निकुञ्जमा ६ सय ४५ वटा गैँडा थिए।

भाले १४६ र पोथी १९८ लिंग नखुलेको ४०८ वटा गैँडा फेला परेको  निकुञ्जले शनिबार पत्रकार सम्मेलन गरी वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले जानकारी दिएका छन्। उनका अनुसार वयस्क ५ सय २०, अर्ध वयस्क ९६ र बच्चा १ सय ३६ वटा छन्।

गणनामा कुल १ करोड ४० लाख खर्च

गणना गर्न १ करोड ४० लाख बजेट छुट्याइएको ‌ओलीले जानकारी दिए। नेपाल सरकारले १ करोड १० लाख र  सहयोगी संस्थाहरु बाट ९राष्ट्रिय प्रकृति संरक्षण कोष,डब्लु डब्लु एफ नेपाल र जेड एस एल नेपाल० ३० लाख संकलन भएको थियो।

पर्सा राष्ट्रिय निकुञ्जमा भाले र पोथी गरेर २, लिङ्ग नछुट्टिएको १,वयस्क २,बच्चा १ र कुल ३ वटा भएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासको क्षेत्रमा १ सय २८ भाले,पोथी १ सय ७४,लिङ्ग नछुटिएको ३ सय ९२, वयस्क ४ सय ७४, अर्ध वयस्क ९५,बच्चा १ सय २५ र कुल ६ सय ९४ रहेको छ। यसअघि ६ सय ५ थिए।

बर्दिया राष्ट्रिय निकुञ्जमा भाले १४,पोथी १९, लिङ्ग नछुटिएको ५,वयस्क ३१,अर्ध वयस्क १, बच्चा ६ र कुल ३८ भएका छन्। यसअघि त्यहाँ २९ वटा गैँडा थिए। शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा भाले ३, पोथी ४, लिङ्ग नछुटिएको १०, वयस्क १३, बच्चा ४ र कुल १७ वटा गैँडा भए। त्यहाँ ८ वटा गैँडा थिए।

१९ दिनमा २ सय ५० जनशक्ति लगाई गणना


२५० जनशक्ति र ४३ ओटा हात्तीले १९ दिन लगाएर गैँडा गणना गरेको हो। गणनाका लागि ५७ वटा हात्ती प्रयोग गरिएको थियो। गणनाका लागि २ सय ५० जनशक्ति खटाइएको थियो। चितवन पर्सामा २३ दिनमा ६० जनाले, बर्दियामा १२ दिनमा ४० जना, शुक्ला फाटमा ७ दिनमा ४० जनाले गणना गरेका थिए।

गैँडाको बासस्थानबाट ५० देखि सय दूरीमा जिपिएस, दूरबिन तथा वाकीटकीको प्रयोग गरि गणना गरिएको थियो। यस वर्षको गैँडा गणना चैत ९ गतेबाट सुरु भई २८ गते सम्पन्न भएको हो।-Thahakhabar

प्रतिक्रिया