Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

विकास विरोधी सरकार परिर्वतनको खेलमा लागेको प्रधानमन्त्री ओलीको भनाइ

विकास विरोधी सरकार परिर्वतनको खेलमा लागेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो ।

भुकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुर्ननिर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो ।

विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरूले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो ।

ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।

 

प्रतिक्रिया