Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी

आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी

इन्डियन प्रिमियर लिग, आइपिएल २०२१ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

शुक्रबार बेलुका भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंग्लोरले ८ विकेटको क्षतिमा भेट्टाएको हो ।

 

चेन्नईमा भएको खेलमा बैंग्लोरका एबी डी भिल्लियर्सले २७ बलमा ४८, ग्लेन म्याक्सवेलले २८ बलमा ३९ तथा कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मार्को जेनसनले समान दुई–दुई विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको मुम्बईले ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले २८ तथा कप्तान रोहित शर्माले १९ रन बनाए पनि हार टार्न सकेनन् ।

प्रतिक्रिया