Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

सुदूरपश्चिममा आज थप ३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ३ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टा परिक्षण गरिएका २६३ नमुना मध्ये ३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सुचनगा अधिकारी दिलिप कुमार श्रोष्ठले जानकारी दिए । उनले कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ३ का ४४ बर्षिय पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ७ का २५ बर्षिय  युवक र दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्बर ७ का २८ बर्षिय पुरुषमा कोरोना देखिएको बताए ।

पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर घट्दै गएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय १७ पुगेको छ।

प्रतिक्रिया