Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

माओवादीद्धारा पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति, आजै सपथ लिने

माओवादीद्धारा पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति, आजै सपथ लिने

काठमाडौं - माओवादी केन्द्र छाडेर एमाले बनेका चार मन्त्रीले आज फेरि शपथ लिने भएका छन् । आफूलाई साथ दिनेका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको सन्देश दिन प्रधानमन्त्री केपी ओलीले बिहिबार मात्र पदमुक्त भएका पूर्व माओवादीबाट निर्वाचित चार जनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेका छन् ।

उनीहरुको सपथ आजै साँझ ५ बजे गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत आम निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उमेदवार भएर जितेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पद हिजोबाट रिक्त भएको थियो । सांसदको हैसियतमा मन्त्री बनेका उनीहरु बिहिबारबाटै मन्त्रीबाट समेत मुक्त भएका थिए ।

पार्टी विभाजनका बेला उनीहरुले प्रधानमन्त्री ओलीलाई साथ दिएकाले आकर्षक मन्त्रालयसहित पार्टी केन्द्रीय सदस्यमा समेत चयन गरिएको थियो । अब उनीहरु सांसद् नरहेपनि ६महिनासम्म मन्त्री पदमा वहाल रहन पाउने भएका छन् ।

प्रतिक्रिया