Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

एएफसी कपः श्रीलंकन पुलिसमाथि आर्मीको फराकिलो जित

एएफसी कपः श्रीलंकन पुलिसमाथि आर्मीको फराकिलो जित

काठमाडौँ - एएफसी कप २०२१ को प्रारम्भिक छनौटमा त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस एससीलाई ५-१ ले पराजित गरेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्‍न खेलमा विजय बन्दा आर्मी एसियाली क्लब फुटबलको दोस्रो श्रेणीको मानिने प्रतियोगिता छनौटको दोस्रो चरण प्रवेश गरेको छ ।
 
आर्मीले अब भारतीय टिम बेंगलुरु एफसीको सामना गर्नेछ । 

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै जित हासिल गर्ने क्रममा आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंक बस्‍नेत र सुदिल राईले एक(एक गोल गरे । श्रीलंका पुलिसका लागि इभान्स असान्टेले एक गोल गरे । 

प्रतिक्रिया