Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

नेपालमा कोरोना संक्रमण बढ्दै,गत २४ घण्टामा थपिए ३ सय ३९  संक्रमित

नेपालमा कोरोना संक्रमण बढ्दै,गत २४ घण्टामा थपिए ३ सय ३९  संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पिसिआर परीक्षणमा २९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजिटिभ आएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ६५ जना क्वारेन्टाइनमा छन् । नेपालमा पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्दै आइरहेको छ । 

प्रतिक्रिया