Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०४ बैशाख २०८१

ओलीले विदेशी शक्तिकोअघि आत्मसमर्पण गरेको  प्रचण्डको आरोप

ओलीले विदेशी शक्तिकोअघि आत्मसमर्पण गरेको  प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाउनुभएको छ ।

आज सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गर्नुभयो । केपी शर्मा ओलीले संविधान च्यात्ने काम सुरु गरेको उहाँको आरोप छ ।

उहाँले ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाउनुभएको छ । त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नुहेने कुरा गरेको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया