Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

आगलागीबाट एकै दिन एक करोड १३ लाखभन्दा बढीको क्षति, एकजनाको मृत्यु

आगलागीबाट एकै दिन एक करोड १३ लाखभन्दा बढीको क्षति, एकजनाको मृत्यु

काठमाडौं- पछिल्लो चौबीस घण्टामा देशका ३६ स्थानमा ठूला आगलागी भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म भएका ती आगलागीका घटनाले १ करोड १३ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति गरेको छ। आगलागीमा परी ३९ चौपायाको मृत्यु भएको छ।

प्रतिक्रिया