Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

कैलालीमा मास्क नलगाई सडकमा निस्कने चार हजार जना कारबाहीमा परे !

कैलालीमा मास्क नलगाई सडकमा निस्कने चार हजार जना कारबाहीमा परे !

धनगढी : कैलालीमा मास्क प्रयाग नगरी सडकमा निस्कने चार हजार जना भन्दा बढीलाई प्रहरीले कारर्वाही गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कारबाही थालिएको हो ।

कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७  र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई-बुझाई गरेर छोड्ने गरेको बताए । अहिलेलाई जरिवाना गर्ने गरिएको छैन। मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए।

जिल्लामा कोरोनाबाट बच्ने उपायबारे जनचेतनाका लागि  माइकिङ समेत गरिरहेको उनले बताए।

प्रतिक्रिया