Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

कोरोनाविरुद्ध खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने

कोरोनाविरुद्ध खोपको दोस्रो डोज वैशाख ७ देखि ११ गतेसम्म दिइने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा ९डोज० वैशाख ७ देखि ११ गतेसम्म दिने भएको छ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ९आइसीएस०को सोमबार बसेको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो डोज लिएका व्यक्तिलाई दोस्रो डोज दिने निर्णय गरेको हो।

पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने जनाइएको छ। सोहीअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनुपर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।

प्रतिक्रिया