Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

ला लिगा फुटबल: शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित

ला लिगा फुटबल: शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ ।

एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया