Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

कोरोनाको दोस्रो लहर: बलिउडका दर्जन कलाकार संक्रमित

कोरोनाको दोस्रो लहर: बलिउडका दर्जन कलाकार संक्रमित

बलिउडका अभिनेताद्वय अक्षयकुमार र गोविन्दालाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । यी दुई चर्चित अभिनेतासँगै बलिउडका दर्जानभन्दा कलाकारलाई कोरोना संक्रमण भएको छ । 

भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र हुँदै गर्दा बलिउडका चर्चित कलाकार पनि एकपछि अर्का संक्रमणको चपेटामा परिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो लहरमा अक्षय कुमार र गोविन्दासँगै आमिर खान, आलिया भट्ट, आर माधवन, परेश रावल, कार्तिक आर्यन, रणवीर कपुर, सञ्जयलीला भन्साली, सिद्धान्त चतुर्वेदी, बप्पी लहरी, सतीश कौशिकलगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना महामारीको पहिलो लहरमा अभिनेता अमितभ बच्चनको परिवारै संक्रमित बनेको थियो । अभिषेक बच्च्न ऐश्वर्या राय र उनीहरुकी छोरी आर्या कोरोना संक्रमित भएका थिए । अन्य थुप्रै कलाकार अघिल्लो लहरमा संक्रमित भएका थिए । 

प्रतिक्रिया