Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ

निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ

काठमाडौं- नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ।

त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।

यसअघि निगमले चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

प्रतिक्रिया