Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

काठमाडौँमा नेकपा एमाले फुट्यो

काठमाडौँमा नेकपा एमाले फुट्यो

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षले संघीय राजधानी काठमाडौँमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ।

आइतबार काठमाडौँमा भएको भेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर पुस ७ गते साबिक नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए।

यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौँ १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन्।

प्रतिक्रिया