Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

सुदूरपश्चिममा फेला पर्याे ‘नयाँ प्रकार’को कोरोना, ३ जना संक्रमित

सुदूरपश्चिममा फेला पर्याे ‘नयाँ प्रकार’को कोरोना, ३ जना संक्रमित

धनगढी- सुदूरपश्चिम प्रदेशका ३ जनामा नयाँ प्रकार(भेरियन्ट)को कोरोना संक्रमण पुस्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा संक्रमण पुस्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। 

‘हामीले नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं’ उनले भने, ‘ती मध्ये ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको छ। तर कुन प्रकारका हो भनेर पुस्टि भएको छैन।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइशोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया