Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

भारतको छत्तीसगढमा माओवादी र सुरक्षाकर्मीको भिडन्त, ५ को मृत्यु

भारतको छत्तीसगढमा माओवादी र सुरक्षाकर्मीको भिडन्त, ५ को मृत्यु

काठमाडौं- भारतको छत्तिसगढको विजापुरमा माओवादी विद्रोहीसँगको भिडन्तमा पाँच सुरक्षाकर्मी मृत्यु भएको छ। शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा उनीहरुको मृत्यु भएको हो।

बीबीसी हिन्दीका अनुसार  भिडन्तमा परी १२ सुरक्षाकर्मीहरु गम्भीर घाइते भएका छन्। उक्त स्थानमा एक महिलाको शव पनि फेला परेको जनाइएको छ। 

‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए। तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेका हुन्,’ समाचारमा भनिएको छ। 

घटनमा घाइते भएकाहरुको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ। माओवादीहरुले कयौं स्थानमा सडक अवरुद्ध पारेका कारण हेलिकोप्टर पठाइएको बताइएको छ। 

प्रतिक्रिया