Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ बैशाख २०८१

‘प्रहरी हुँ’ भन्दै धनगढीमा पैसा असुल्ने २ जना पक्राउ

‘प्रहरी हुँ’ भन्दै धनगढीमा पैसा असुल्ने २ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले ‘प्रहरी हुँ’ भन्दै जिल्लाका विभिन्न स्थानमा रकम माग्दै हिड्ने २ जनालाई पक्राउ गरेको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले धनगढी उपमहानगरपालीका–५ का २३ वर्षीय बिरेन्द्र सिंह र नम्बर २ बम २५ वर्षीय पारस मल्ललाई पक्राउ गरेको हो। 

उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ८ स्थित व्यापारीबाट ५ हजार माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह(प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए। 

आरोपितहरुले आफुलाई सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिबाट रकम मागेको हुनसक्ने भन्दै ती पीडितहरुले प्रहरीमा सम्पर्क राख्न समेत प्रहरी निरीक्षक थापाले अनुरोध गरेका छन्। 

प्रतिक्रिया