Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

महोत्तरीबाट हराएका सात बालिका तथा किशोरी भारतमा भेटिए

महोत्तरीबाट हराएका सात बालिका तथा किशोरी भारतमा भेटिए

काठमाडौँ - महोत्तरीबाट हराएका सात जना बालिका तथा किशोरी भेटिएका छन् । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको हो । महोत्तरीको भंगहा नगरपालिकाकी उपमेयर गंगा देवी सिंह दनुवारले ती बालिका तथा किशोरीहरु भारतमा भेटिएको र तिनिहरुलाई नेपाल ल्याउन टोली गएको बताईन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका हुन् ।

उनीहरु हिजो बिहान करिब ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । 

प्रतिक्रिया