Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

घाँस काट्न गएका ८ जना किशोरी बेपत्ता

घाँस काट्न गएका ८ जना किशोरी बेपत्ता

काठमाडौं - महोत्तरीको भंगहा नगरपालिका–८ की ८ जना किशोरी बेपत्ता भएकी छन् । मंगलवार दिउँसो २ बजे घांस काट्न गएकी उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएको छ ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरू सबै एउटै टोलका हुन् ।

उनीहरू बेपत्ता भएको खबरले अहिले गाउँमा त्रास फैलिएको छ । टोलवासीसहित आफूहरू किशोरीको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया