Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

थ्री नेसन्स कप : गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

थ्री नेसन्स कप : गोलरहित बराबरीमा रोकिए आर्मी र कीर्गिस्तान

काठमाडौं : आज सम्पन्न त्रिभुवन आर्मी फुटबल क्लब र कीर्गिस्तानको ओलम्पिक टिमबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो।

बंगलादेश, नेपाल र कीर्गिस्तानबीचको थ्री नेसन्स कप खेल्न कीर्गस्तानी टोली नेपाल आइपुगेको थियो। तर, प्रतियोगितामा एक हार र एक बराबरीसँगै फाइनलको यात्राबाट कीर्गिस्तानी टोली चुकेको थियो।

यसैक्रममा आज दिउँसो एएफसी कपको प्रिलिमिनरी राउण्डको तयारीमा रहेको त्रिभुवन आर्मी क्लबसँग कीर्गिस्तानले खेलेको हो। शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी नेपालबाट एएफसी लाइसेन्स प्राप्त एकमात्र क्लब हो।

आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिस क्लबसँग दशरथ रंगशालामा खेल्दैछ।

थ्री नेशन्स कपको फाइनलमा भने भोलि बंगलादेश र आयोजक नेपाल भिड्दैछन्।

प्रतिक्रिया