Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

के मुलुकले फेरि लकडाउन सहन सक्छर?

के मुलुकले फेरि लकडाउन सहन सक्छर?

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गए फेरि लकडाउन गर्न सकिने घोषणा गरेको छ । संयोग यो घोषणा नेपालमा पहिलो पटक लकडाउन लागू गरिएको ठीक एक वषै पुगेकै दिनमा भएको छ ।

अघिल्लो वर्ष आजकै दिन अर्थात चैत ११ गते नेपालमा कोरोना संक्रमण नियन्त्रणमा लिन भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । महिनौँसम्म जनताले लकडाउनको सास्ती खेपेका थिए । त्यसको एक वर्षपछि फेरि सरकारले लकडाउनमा जान सकिने घोषणा गरेपछि आम नागरिकमा त्रास बढेको छ ।

लकडाउनमा जानुपर्ने सरकारको रहर नभई बाध्यात्मक अवस्था श्रृजना हुन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको हो । कोरोना संक्रमणबारे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले संक्रमण उच्च हुँदै गए लकडाउनमा जान सकिने बताउनुभयो ।

अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो । काठमाडाँै विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा। अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताउनुभयो । दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबैले उच्च सर्तकता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । होली पर्व घरमै मनाउन र भीडभाड नगर्न मन्त्रालयले अपील गरेको हो ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको र जोखिम पनि बढेकोले होली घरमै मनाउन र भीडभाड नगर्न मन्त्रालयका सहप्रवक्ता अधिकारीले आग्रह गर्नुभयो ।

यसैबीच सरकारले फेरि लकडाउन गर्न सकिने घोषणा गरेपछि आम नागरिकहरुसँगै उद्योगी व्यवसायीमा फेरि टाट पल्टिने त्रास बढेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले फेरि पनि लकडाउन सहन नसकिने बताउनुभयो ।

संक्रमण रोक्न लकडाउन हुन सक्ने सरकारको घोषणाले व्यवसायीसँगै आम नागरिकमा फेरि पनि टाट पल्टिने त्रास फैलिएको उहाँले बताउनुभयो । कटुवालले लकडाउनको विकल्प खोजेर संक्रमण नियन्त्रणको वैज्ञानिक विधि अपनाउनुपर्न सरकारलाई सुझाव दिनुभयो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । यसले गर्दा नेपालमा संक्रमण फेरि बढ्न सक्ने खतरा पैदा भएको छ । पछिल्लो केही दिन यता नयाँ संक्रमित भेटिनेको संख्या दैनिक बढिरहेको छ । -nepalinetwork

प्रतिक्रिया