Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

बिहारमा एकै व्यक्तिद्वारा ८ बालिका बलात्कार

बिहारमा एकै व्यक्तिद्वारा ८ बालिका बलात्कार

काठमाडौं- भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा १० दिनमा ८ बालिका बलात्कार भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकाश तान्ती नाम गरेका ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेका हुन्। 

बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई तान्तीले बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ। सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले तान्तीले बलात्कार गरेको बताएका थिए। लगत्तै पीडित परिवारको उजुरीका आधारमा ती उनलाई पक्राउ गरिएको हो।

स्थानियका अनुसार तान्तीले मार्च २० मा २ वालिकालाई पालैपालो बलात्कार गरेका थिए। मार्च १० देखि २० सम्म ८ बालिकाको बलात्कार भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। 

हाल उनीसँग सोधपुछ जारी छ। साथै उनको मानसिक अवस्थाबारे जाँच पनि भइरहेको प्रहरीले जनाएको छ। यता प्रहरीले बलात्कार भएका भनिएका ८ बालिकाको पनि स्वास्थ्य अवस्था चेकजाँच गर्ने जनाएको छ। 

बलात्कारको घटना सार्वजनिक भएसँगै त्यस क्षेत्रमा सनसनी फैलिएको छ। 

प्रतिक्रिया