Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी- कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरबाट आउँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो। 

अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजगमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन्। 
 

प्रतिक्रिया