Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने

मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने

काठमाडौं - आज पनि मौसम बदली भएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिदेखि सामान्य बदली भएकोले केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू(भागका केही ठाउँमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम बिहीबारसम्मै कायम हुनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पनि केही ठाउँमा मेघगर्जनरचट्टयाङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सूचित गरेको छ ।

प्रतिक्रिया